Like us!
Follow us!
Connect us!
Watch us!

दश वाणिज्य बैंक सहित २३ कम्पनीको सेयर मूल्य २५० भन्दा कम

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, ०७ : २४ मा प्रकाशित

दश वाणिज्य बैंक सहित २३ कम्पनीको सेयर मूल्य २५० भन्दा कम

सेयर बजार कारोबार भइरहेका कम्पनीमध्ये केही कम्पनीको सेयर मूल्य २५० भन्दा कममा नै खरिद गर्न पाइन्छ । गत आइतबार सेयर बजार १११ अंकले बढेर बन्द भए पनि बजारमा अझै पनि २३ वटा कम्पनीको सेयर मूल्य २५० रुपैयाँ भन्दा तल रहेको छ । साउन महिनामा ३ हजार विन्दु छोएको बजार त्यस पछि भने लगानर रुपमा घटिरहेको छ । केही दिन अघि भएको जेनजी आन्दोलनले बजार बन्द भयो । त्यस पछि खुलेको बजार एकै दिन ६ प्रतिशतले घटेर बन्द भयो । आइतबार भने बजार फर्कियो । तर, अहिले पनि बजार तल्लो विन्दुमा नै रहेको छ । 

२५० रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भइरहेको २३ वटा कम्पनीमा १० वटा वाणिज्य बैंक समूहका र १३ वटा हाइड्रोपावर समूहका कम्पनीहरु छन् । नेप्से गणनामा सबैभन्दा धेरै भार रहेको वाणिज्य बैंक र हाइड्रोपावर समूहकै सेयर सबैभन्दा सस्तो रहेको छ । आइतबार बजार मूल्य अनुसार सबैभन्दा सस्तो सेयर शिवश्री हाइड्रोपावरको रहेको छ । कम्पनीको सेयर आइतबार १७४ रुपैयाँ ३० पैसामा कारोबार भयो । शिवश्रीपछि हिमाल दोलखा हाइड्रोपावरको सेयर सबैभन्दा सस्तो रहेको छ । त्यस्तै बलेफी हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत, नसेनल हाइड्रोपावर, लिबर्टी इनर्जी, घलेम्दी हाइड्रो, हिमालयन ऊजा विकास कम्पनी, रिभिडी पावरको सेयर मूल्य पनि २५० भन्दा कम रहेको छ । त्यस्तै दोर्दी खोला जलविद्युत, छ्याङदी हाइड्रोपावर, खालिन हाइड्रोपावरको सेयर मूल्य पनि २५० रुपैयाँ भन्दा कम रहेको छ । 

कुमारी बैंक र हिमालयन बैंकको सेयर मूल्य २०० रुपैयाँ भन्दा तल नै कारोबार भइरहेको छ । वाणिज्य बैंकहरुमा सबै भन्दा कम सेयर मूल्य कुमारी बैंक रहेको छ । यो बैंकको सेयर मूय १८९ रुपैयाँ ७५ पैसा रेहको छ । त्यस्तै केही समय पहिले मात्रै १५६ रुपैयाँमा एफपीओ निष्काशन गरेको हिमालयन बैंकको सेयर मूय १९८ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै सिटिजन्स बैंकको २०४ रुपैयाँ ३८ पैसा, प्रभु बैंकको २०५ रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै एनएमबी बैंकको २४५ रुपैयाँ ९० पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैैंको सेयर मूल्य २०४ रुपैयाँ ४५ पैसा, लक्ष्मी सनराइज बैंको २३० रुपैयाँ ८५ पैसा, ग्लोबल आइएमई बैंकको सेयर मूय २४३ रुपैयाँ ३३ पैसा, माछापुच्छ्रे बैंकको २२९ रुपैयाँ ९२ पैसा, प्राइम कमर्सियल बैंकको सेयर मूल्य २४३ रुपैयाँ २६ पैसा र नेपाल बैंकको सेयर मूल्य २४९ रुपैयाँ ०३ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको