मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सञ्चालन गर्दै आएका प्रसाईंले देशमा घटिरहेका राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।
आज दिउँसो साढे १ बजे भक्तपुरको कमेरोटारस्थित आफ्नै निवासमा उनले पत्रकार सम्मेलन आयोजना गरेका छन्। सम्मेलनमा उनले जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनबारे आफ्नो विचार राख्ने र आगामी योजनाबारे पनि जानकारी दिने जनाएका छन्।
जेनजी आन्दोलनको प्रभावमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेको छ भने पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ। कार्की नेतृत्वको सरकारको सिफारिसमा प्रतिनिधिसभा पनि विघटन भइसकेको छ। ओली सरकार ढल्नुअघि र अन्तरिम सरकार बन्नुअघिसम्म दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ताका लागि जंगी अड्डा पटक–पटक पुग्ने गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस