Like us!
Follow us!
Connect us!
Watch us!

यूनिलिभर नेपालको लाभांश घोषणा

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, १७ : ५४ मा प्रकाशित

यूनिलिभर नेपालको लाभांश घोषणा

यूनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

बैठकले सञ्चित मुनाफाबाट प्रतिसेयर १ हजार ८४२ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आगामी कात्तिक २५ गते ३२ औं वार्षिक साधारण सभा डाकेको छ ।

यस्तै बैठकले कात्तिक ११ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने समेत निर्णय गरेको छ । यसर्थ कात्तिक १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको