अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले हालै सुरु गरेको ‘गुनासो मेलबक्स’ प्रणालीले छोटो समयमै उल्लेखनीय प्रभाव देखाएको छ। प्रणाली सुरु भएको जम्मा छ घण्टामै मन्त्रालयको गुनासो मेलबक्स र मन्त्री खनालको आधिकारिक इमेलमा १६६ वटा उजुरी र समस्या आएका छन्।
मन्त्री खनालका अनुसार तीमध्ये करिब दुई दर्जन इमेलको जवाफ तत्काल दिइसकिएको छ भने अधिकांश उजुरीमा कार्यवाही सुरु गरिएको छ। बाँकी इमेलहरूलाई पनि क्रमशः जवाफ दिने र आवश्यक कदम चाल्ने काम भइरहेको उनले बताएका छन्।
“अब समस्या लिएर सिंहदरबार धाउनुपर्ने आवश्यकता रहने छैन। आफ्ना गुनासो र समस्या इमेलमार्फत पठाए पुग्छ,” मन्त्री खनालले भने।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस