बुधबारको सेयर कारोबार जारी रहँदा माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समग्र बजार घटेर कारोबार भइरहदा पनि यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ६१ रुपैयाँले बढेर ६७१ रुपैयाँ पुगेको हो । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो अवधिमा समग्र सेयर बजार भने घटेर कारोबार भइरहेको छ । यो अवधिमा सेयर बजार परिसुचक १३.४९ अंकले घटेर २६६८.७५ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ५९ करोड माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस