हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्यमा लगातार १० औँ दिन पनि सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेको यो कम्पनीको सेयर मूल्यमा आज पनि सर्किट लागेर कारोबार बन्द भएको हो ।
भदौ १६ गतेदेखि कारोबारमा आएको यो कम्पनीको सेयर मूल्य त्यस पछि लगातार रुपमा सर्किट लागेर कारोबार भइरहेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५७ रुपैयाँ २० पैसाले बढेर ६३० रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । आज यो कम्पनीको सेयर मूल्य कारोबार आए पछिको १० औँ कारोबार हो ।
यो अवधिमा समग्र सेयर बजार परिसूचक भने घटेको छ । यो अवधिमा नेप्से परिसूचक २०.०१ अंकले घटेर २६६२.२४ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ७९ करोड माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस