Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, १० : ५६ मा प्रकाशित

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५२ अंकले घटेर २६५३.८३ विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकले बढेर ४५९.४७ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको नै घटेको छ । २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

आजको प्रि ओपन सेसनमा ३७ कम्पनीका ५ हजार ११२ कित्ता सेयर ५३ पटक खरिद बिक्री हुँदा १८ लाख २६ हजार २८८ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको