नेपाल स्टक एक्सचेन्जका कर्मचारीहरुले कार्यकक्षमा अध्यक्ष र सीईओलाई निषेध गरेर सेवा दिन थालेका छन् । बोनसका विषयमा आन्दोलित भएका कर्मचारीहरुले अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणी चापागाईलाई निषेध गरेर काम गरिरहेका छन् ।
नेप्से कर्मचारी संघले केही दिन देखि आन्दोलन गरिरहेको छ । सोही अनुसार आज अध्यक्ष र सीईओलाई प्रवेश निधेष भन्ने बोर्ड टाँसेर हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् ।
कर्मचारीहरुले हाम्रो आन्दोलन जारी छ ..... । प्रवेश निषेध अध्यक्ष हेमन्त बस्याल, हाम्रो आन्दोलन जारी छ .......। प्रवेश निषेध सीईओ चुडामणी चापागाई लेखेको ब्यानर राखेर काम गरिरहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस