तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ४० लाख कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो ।
यस कम्पनीले जेठ ४ गतेसम्म कायम सेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । असार १६ गतेदेखि साउन ११ गतेसम्म बिक्री खुला गरिएको कम्पनीको हकप्रद सेयर साउन १८ गते बाँडफाँड भएको थियो । त्यस बाँडफाँडमा ३५ लाख ८१ हजार २६२ कित्ता मात्रै बाँडफाँड भएको थियो ।
अवितरित रहेको ४ लाख १८ हजार ७३८ कित्ता शेयर भने लिलाम बढाबढ मार्फत बिक्री खुला गरी बाँडफाँड भएको थियो । नेप्सेले विहीबार सोही ४० लाख कित्ता सेयर सूचीकरण गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस