Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशत लाभांश प्रस्ताव पारित

अर्थ संसार

शुक्रबार, १० असोज २०८२, १६ : २७ मा प्रकाशित

हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशत लाभांश प्रस्ताव पारित

हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा असोज ९ गते सम्पन्न भएको हो । 
सभा कम्पनीको दर्ता कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा नोक्सानको हिसाव, नगद प्रवाह विवरण) लगायतका वार्षिक विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आ.व. २०८२/८३ का लागि कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम एम.बी. श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस् लाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभामा सञ्चालक समितिका अध्यक्ष सुशिल जोशी ज्यूले कम्पनीले छोटो समयमा नै हासिल गरेको उपलब्धीमा प्रकाश पार्नुभयो तथा कम्पनीले अनुपालना, सुशासन, आधुनिक प्रविधिको अनुशरणमा जोड दिई सर्वसुलभ रुपमा धितोपत्र दलाल सेवा उपलब्ध गराई उक्त क्षेत्रमा नेपालको एक नेतृत्वदायी भुमिका निभाउने मुख्य लक्ष्य रहेको समेत जानकारी गराए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको