Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : ५ प्रतिशतले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

अर्थ संसार

शनिबार, ११ असोज २०८२, ०७ : २९ मा प्रकाशित

साताको सेयर बजार : ५ प्रतिशतले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

यस साता नेप्से परिसूचक साढे ५ प्रतिशत बढेर बन्द भएको छ। गत साता २५११.९१ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.५८ प्रतिशत अर्थात १४०.०९ अंक बढेर २६५२.०० विन्दुमा पुगेको छ। यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स २३.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ९.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.४६ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । अघिल्ला साताहरुमा दैनिक औषतमा ५ अर्ब १० करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ४६ करोडको सेयर कारोबार भएको छ। त्यस्तै, यस साता दैनिक औषतमा १ करोड २१ लाख कित्ता सेयर र दैनिक औषतमा ६५ हजार ४२६ पटक कारोबार भएको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे ५ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ४ खर्ब ३४ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। यस साता १३ वटा उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १०.३१ प्रतिशत बढेको छ । गत साता ३५३८.८७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३६४.८० अंक बढेर ३९०३.६७ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ८८४.४१ अंक बढेको छ ।

कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस साता सर्वाधिक २.५१ प्रतिशत घटेको छ । गत साता ११,४३२.६८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २८६.७२ अंक घटेर ११,१४५.९६ विन्दुमा झरेको छ । नेप्सेमा यस साता कुल १ करोड १ लाख २७ हजार ९३८ कित्ता शेयर सूचीकृत भएको छ । यस साता हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य सर्वाधिक ४६.३६ प्रतिशत बढेको छ । गत साता ४७३ रुपैयाँ ५० पैसा रहेको यस कम्पनीको अन्तिम मूल्य, यस साता ६९३ रुपैयाँ पुगेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको