आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.८५ अंकले बढेर २६५५.८५ विन्दुमा पुगेको हो ।
प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १.०२ अंकले बढेर ४६०.३१ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा २९ कम्पनीका १ हजार ५०० कित्ता सेयर ३४ पटक खरिद बिक्री हुँदा ७ लाख २१ हजार १०५ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस