नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आईपीओ जारी गर्ने अनुमतिको पर्खाइमा हरेको कम्पनीहरुको संख्या बढ्दै गएको छ । हाल बोर्डबाट ८७ कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतिक्षामा रहेका छन् ।
हाल बोर्डमा ३७ करोड ४५ लाख २० हजार ३३५ कित्ता सेयर पाइपलाइनमा छन् । बोर्डबाट स्वीकृति पाउन वित्तिकै यि कम्पनीहरुले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने छन् । आईपीओको आइपलाइनमा रहेका क्षेत्रमध्ये सबै भन्दा धेरै हाईड्रोपावर सेक्टरका छन् । हाईड्रोपावर समूहका ३७ कम्पनी आईपीओ जारी गर्नका लागि स्वीकृतिको प्रतिक्षामा रहेका छ्न । हाल ३७ कम्पनीका १७ करोड ८५ लाख २८ हजार ७५४ कित्ता सेयर पाइपलाइनमा रहेको छ । उक्त आईपीओको मूल्य १८ अर्ब २६ करोड १ लाख ४० हजार २३६ रुपैयाँ हुन्छ ।
त्यसैगरी उत्पादन तथा प्रशोधन समूहबाट १६ वटा कम्पनी आईपीओ जारी गर्नका लागि पाईपलाइनमा रहेका छन । उक्त कम्पनीहरुले २७ अर्ब ४ करोड ४९ लाख १६ हजार ७२५ रुपैयाँ बराबरको १२ करोड ६९ लाख ९२ हजार २७२ कित्ता सेयर बोर्डको स्वीकृति पर्खिरहेका छन् । त्यस्तै अन्य समूहका १० कम्पनी पनि बोर्डबाट आईपीओ स्वीकृतिको पाइपलाइनका छन । उक्त कम्पनीहरुको ३ अर्ब ४३ करोड ८७ लाख ५ हजार ४०० रुपैयाँ बराबरको २ करोड ७६ लाख ६५ हजार ५४ कित्ता सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएका छन् ।
होटल तथा टुरिज्म सेक्टरका ४ कम्पनीका १ करोड ४२ लाख १० हजार कित्ताको १ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमा रहेको छ । त्यस्तै लगानी समूहका ४ कम्पनीको १ करोड ८६ लाख ५० हजार कित्ता सेयर पनि बोर्डको स्वीकृतिको पर्खाइमा रहेको छ । उक्त क्षेत्रको आईपीओको मूल्य ३ अर्ब १४ करोड १० लाख ३७ हजार ५०० रुपैयाँ रहेको छ ।
हाल पाइपलाइनमा माईक्रो इन्स्योरेन्स क्षेत्रका ३ कम्पनीको ६७ लाख ५० कित्ता सेयर बोर्डको स्वीकृतिको पखाईमा रहेका छन् । उक्त आईपीओको मूल्य ६७ करोड ५० लाख रुपैयाँ हुन्छ । त्यस्तै विकास बैंक समूहको सलपा विकास बैंकको १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्काशनको लागि बोर्डको पाइपलाइनमा छ । यो बैंकले १७ करोड २३ लाख ८८ हजार रुपैयाँको आईपीओ जारी गर्नेका लागि बोर्डमा आवेदन दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस