Like us!
Follow us!
Connect us!
Watch us!

भगवती हाइड्रोपावरको सेयरमूल्य समायोजन

अर्थ संसार

सोमबार, २० असोज २०८२, १४ : १२ मा प्रकाशित

भगवती हाइड्रोपावरको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २१ गते बुक क्लोज गर्दैछ त्यही लाभांश (बोनस सेयर) पछि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको सेयरमूल्य ८२५ रुपैयाँ ३५ पैसा कायम भएको छ । नेप्सेको दशैं अघिको अन्तिम कारोबार मूल्यलाई आधार मानेर कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो । समायोजन हुनुअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४० रुपैयाँ ९० पैसा थियो ।
भोलि कम्पनीको समायोजित मूल्यलाई आधार मानेर सेयर कारोबारमा आउनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको