दशैँ बिदामा बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । दशैँको बिदा आइतबारदेखिनै सकिए पनि बाढी पहिरोका कारणले सरकाले थप दुई दिन बिदा दिएसँगै सेयर कारोबार हुने दिन पनि दुई दिन पछि धकेलिएको थियो ।
८ दिन पछि खुल्ने सेयर बजारले कस्तो रहला भन्ने आम चासो रहेको छ । दशैँ अघिको अन्तिम कारोबार दिनमा भने बजार बढेर बन्द भएको थियो । असोज १२ गते अन्तिम कारोबार दिनमा बजार ११ अंकले बढेर बन्द भएको थियो । त्यस पछि बजार दशैँ बिदाका कारणले बन्द रहेको थियो ।
विगतलाई हेर्दा दशैँ तिहार बिचका सेयर बजार सुस्त हुने गरेको छ । लगानीकर्ताहरु चाडपर्वको मुडमा हुने भएकाले बजारमा अन्य समयमा जस्तो खासै कारोबार नदेखिने गरेको विगत छ । यो पटक पनि सोही अनुसार नै बजार अघि बढ्ने इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । दशैँ पछि खुल्न वित्तिकै बजारले गति नलिए पनि विस्तारै गति लिने उनले विश्वास व्यक्त गरे ।
केही मात्रामा बजारमा असोज मसान्तको चाप परे पनि समग्रमा बजार राम्रै रहने सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेलको भनाइ छ । सबै सूचक सकारात्मक रहेकाले बजार खुल्न वित्तिकै गति नलिए पनि विस्तारै बजारले गति लिने उनको विश्वास छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस