Like us!
Follow us!
Connect us!
Watch us!

दशैँ पछिको प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से, ४५ लाख बढीको कारोबार

अर्थ संसार

मंगलबार, २१ असोज २०८२, १० : ५७ मा प्रकाशित

दशैँ पछिको प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से, ४५ लाख बढीको कारोबार

दशैँ बिदा पछिको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेर २६६२.५० विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.०४ अंकले घटेर ४६२.४६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

आजको प्रि ओपन सेसनमा ४५ लाख भन्दा बढीको कारोबार भएको छ । आज ४३ कम्पनीका १० हजार १५८ कित्ता सेयर ९४ पटक खरिद बिक्री हुँदा ४५ लाख ७२ हजार ८४६ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको