Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनसँगै नेप्से र सेबोनका कर्मचारीको आन्दोलनका कारण लगानीकर्ता मारमा - अध्यक्ष ढकाल

अर्थ संसार

बुधबार, २२ असोज २०८२, १६ : ५० मा प्रकाशित

जेनजी आन्दोलनसँगै नेप्से र सेबोनका कर्मचारीको आन्दोलनका कारण लगानीकर्ता मारमा - अध्यक्ष ढकाल

पछिल्ला दुई दिन बजार लगातार ठूलो अंकले घटेर कारोबार बन्द भयो । बजार दशैँ पछिका दुई दिन नै उच्च अंकले घट्नुमा राजनीतिक अस्थितार र आन्दोनल मुख्य कारण रहेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताएका छन् । 

अर्थसंसारसँगको कुराकानीका क्रममा जेनजी आन्दोलन पछि अहिले नेप्से र नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरुको आन्दोलनका कारणले पनि बजार घटेको उनको भनाइ छ । अहिले सबै तिर अराजकता फैलिएको र त्यसले लगानीकर्ता मारमा परेको उनको भनाइ छ । 

‘लगानीकर्ताको मनोविज्ञान कमजोर भएको अवस्थामा बजारले गति लिन सक्दैन । अहिलेको अवस्था पनि त्यस्तै हो । केही कुारमा सुधार गरेको खण्डमा बजारले गति लिन्छ,’ उनले भने । अर्को तर्फ हाइड्रोपावर क्षेत्रमा जेनजीका नाममा सेयर माग भएको कुराले पनि लगानीकर्तामा असर गरेको उनी बताउँछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको