साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा २६.१३ अंकले बढेर २५८५.७२ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा १.०२ प्रतिशतले धेरै हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ५.७८ अंकले बढेर ४५२.२५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको घटेको छ । त्यस्तै उक्त सेसनमा ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
परिसूचक दोहोरो अंकले बढेको दिन कारोबार रकम पनि १ करोड ५२ लाख ३ हजार ५३५ रुपैयाँको भएको छ । यो सेसनमा १२१ कम्पनीका ३८ हजार ५६९ कित्ता सेयर २८२ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस