नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको र उपत्यका छोड्न रोक लगाएकोमा आपत्ति जनाएका छन्। उनले आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर भाग्ने व्यक्ति नभएको स्पष्ट पारेका छन्।
ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूलाई पक्राउ गर्ने जस्ता कुरा उठाएर अत्यधिक उत्ताउलो नबन्न चेतावनी पनि दिएका छन्। उनले देश चलाउनु कुनै मजाक नभएको भन्दै जिम्मेवारीपूर्वक व्यवहार गर्न सुझाव दिएका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू सडकमा तमासा गरिरहेको नभई जनताको पक्षमा आवाज उठाइरहेको बताएका छन्।
‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्की डरको डरले केपी ओली भाग्छ ? उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिन । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन ।’
उनले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी दिए ।
‘हामी जेल नेल भोगेर आएका हौं । हाम्रा लागि यो नयाँ कुरा होइन,’ उनले भने, ‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं हामीलाई जिस्काइरनु पर्दैन । हामीले जनताको शासन भनेर ल्याएका हौ । लडेका हौं ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस