नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपाली जनताको प्रतिनिधि नभएको दाबी गरेका छन्। भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान सरकार नेपालीको होइन, अरू कसैको प्रतिनिधि भएको आरोप लगाएका छन्।
‘मैले अस्ति पनि भने, यो जसरी बन्यो मैले संक्षेपमा भनेको छु सरकार हा हुँबाट बनेको सरकार हो, त्यसको अलि व्याख्या गरेको छैन। समयमा गरुँला।’ओलीले भने, ‘यो सरकार कसैको प्रतिनिधि होइन। नेपालीको चाहिँ होइन। अरु कसैको भए मलाई थाहा छैन। कसैले छानेको सरकार होइन यो। उहाँहरु एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ।’
उनले कसरी केपी ओली र रमेश लेखकलाई कसरी गिरफ्तार गर्न सकिन्छ भनेर सरकार लागि परेको बताए। ओलीले चुनाव गराउन भन्ने राष्ट्रपतिले तोकिदिएको म्याण्डेट भएको बताए। ओलीले अहिले सरकार राजनीतिक दललाई दमन गर्न खोजिरहेको दाबी गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस