Like us!
Follow us!
Connect us!
Watch us!

गौरीबहादुर कार्की नेतृत्वको आयोग एमालेलाई मञ्जुर छैन - ओली

अर्थ संसार

विहीबार, २३ असोज २०८२, १४ : ४१ मा प्रकाशित

गौरीबहादुर कार्की नेतृत्वको आयोग एमालेलाई मञ्जुर छैन - ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमाथि सरकारी दमनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन स्वीकार्य नहुने बताएका छन् । भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त आयोग र त्यसले तयार पार्ने प्रतिवेदन आफूहरूलाई मान्य नहुने बताएका हुन्।

ओलीले भने, ‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनको आधारमा अगाडि बढे भन्ने नाटक गर्ने,यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन । स्वीकार्य छैन ।’

सरकारले २३ भदौको जेनजी विद्रोहमा भएको सरकारी दमनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ। तर विद्रोहका समयमा कार्कीले सामाजिक सञ्जालमा लेखेको स्टाटसप्रति एमाले नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन्।

ओलीले भने,‘तर तपाईंहरुले बुझ्नुस् नेकपा एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन । किनकि आयोगमा राखिनु, बस्नुभन्दा अगाडिको प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु पर्दैनथियो । एउटा मान्छे अहिलेको अहिले विरोधीबाट निष्पक्ष हुन संभव छ ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको