Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले घटायो कार्डबाट झिक्न पाइने रकमको सीमा,महिनामा ३ लाखसम्म निकाल्न पाइने

अर्थ संसार

शनिबार, २५ असोज २०८२, ०७ : ५७ मा प्रकाशित

राष्ट्र बैंकले घटायो कार्डबाट झिक्न पाइने रकमको सीमा,महिनामा ३ लाखसम्म निकाल्न पाइने

नेपाल राष्ट्र बैंकले एटीएममार्फत झिक्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डबाट एकपटकमा अधिकतम २० हजार रुपैयाँ मात्र झिक्न सकिनेछ।

नयाँ व्यवस्थाअनुसार, एक दिनमा अधिकतम ५० हजार रुपैयाँ र एक महिनामा अधिकतम ३ लाख रुपैयाँसम्म मात्र निकाल्न मिल्नेछ।

यसअगाडीसम्म एटीएमबाट एकपटकमा २५ हजार रुपैयाँ, एक दिनमा १ लाख रुपैयाँ र एक महिनामा ४ लाख रुपैयाँसम्म निकाल्न सकिने व्यवस्था रहेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको