Like us!
Follow us!
Connect us!
Watch us!

श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन खुला, कहिलेसम्म भर्न पाइन्छ ?

अर्थ संसार

आइतबार, २६ असोज २०८२, ०७ : २७ मा प्रकाशित

श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन खुला, कहिलेसम्म भर्न पाइन्छ ?

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आज असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना प्रभावितलाई १ लाख ६३ हजार १२५ कित्ता आईपीओ बाँडफाँड गरिसकेको छ । अब कम्पनीले सामूहिक लगानी कोषलाई १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीलाई १ लाख २३ हजार ९७५ कित्ता आईपीओ सुरक्षित गरी सर्वसाधारणलाई बाँकी रहेको २५ लाख १० हजार ४९३ कित्ता जारी गर्न लागेको हो ।

यसमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सकिनेछ । यो आईपीओमा आवेदन दिने अन्तिम मिति असोज २९ गते रहेको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको