गत साता सेयर बजार परिसूचक ३.०५ प्रतिशतले घटेर बन्द भयो । कारोबार हुने अन्तिम दिनको सुरुमै सकारात्मक सर्किट लागेर बन्द भए पनि त्यस पछि दिनभरमा बजार २२ अंकले बढेर कारोबार भएको थियो ।
अघिल्लो साता २६६३.५१ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.०५ प्रतिशत अर्थात ८१.३३ अंक घटेर २५८२.१८ विन्दुमा झरेको छ । गत साता ३ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो ।
राष्ट्र बैंकले लचिलो नीति लिए पछिको पहिलो कारोबार दिन बिहीबार बजार उच्च अंकले बढ्ने आँकलनका बीच सामान्य वृद्धि भएर बन्द भयो । गत साता घटेपनि यो साता बजार बढ्ने बजारका जानकारहरुको भनाइ छ । बजार बढ्नका लागि अहिले सबै सूचक सकारात्मक रहेकाले अब बजारले गति लिने लगानीकर्ताहरुको विश्वास रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस