Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, २ करोड माथिको कारोबार

अर्थ संसार

आइतबार, २६ असोज २०८२, १० : ५५ मा प्रकाशित

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, २ करोड माथिको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.७८ अंकले बढेर २५८३.९७ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३३ अंकले बढेर ४५१.६५ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २० कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य बढेको छ । एउटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । 

परिसूचक सामान्य अंकले बढेको दिनको प्रि ओपन सेसनमा २ करोड माथिको कारोबार भएको छ । आज उक्त सेसनमा ३२ कम्पनीका ४४ हजार १७३ कित्ता सेयर ६७ पटक खरिद बिक्री हुँदा २ करोड ४० लाख ५८ हजार ८१७ रुपैयाँको करोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको