अहिले रातिको ७ बजेको छ । कार्यालय समय पनि होइन । तर नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्ताषनारायण श्रेष्ठ कार्यालयबाट घर जान सकेको छैनन् । उनी लगानीकर्ताको घेराबन्दीमा रहेका छन् ।
लगानीकर्ताहरुले पुँजी बजार सुधारका लागि विभिन्न माग राखेर बोर्ड घेराउ गरिरहेका छन् । उनीहरुले आफ्नो माग पुरा नभएसम्मका लागि अध्यक्षलाई बोर्डबाट बाहिर जान नदिने बताइरहेका छन् । लगानीकर्ताले सेवोनका कर्मचारीको आन्दोलन रोकेर सेयर बजारको लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएका छन् ।
अध्यक्ष श्रेष्ठले पुँजी बजारका लागि सुधारका कामहरु गर्ने प्रतिवद्धता जनाए पनि लगानीकर्ताहरु भने त्यसमा आश्वस्त हुन सकेका छैनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस