नेपाल धितोपत्र बोर्डको मुख्य गेटमा ताला लागेको छ । लगानीकर्ताहरुले बोर्डको मुख्य गेटमा ताला लगाएर अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई कार्यालयमा नै घेरेर राखेका हुन् ।
अवस्था तनावग्रस्त हुँदा बोर्ड कार्यालय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । लगानीकर्ताले सेयर बजार सुधारका लागि विभिन्न माग राखेर बोर्ड घेराउ गरिरहेका छन् ।
अध्यक्ष श्रेष्ठले पुँजी बजारको सुधारका लागि आफू सकारात्मक रहेको भनिरहँदा पनि लगानीकर्ताले उनलाई घर जान दिएका छैनन् ।
लगानीकर्ताहरुले आज कुनै ठोस निर्णय नभएसम्मका लागि अध्यक्षलाई कार्यालयबाट बाहिर जान नदिने बताइरहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस