Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी प्रदर्शन - जाँचबुझ आयोगले माग्यो क्षतिको विवरण

अर्थ संसार

सोमबार, २७ असोज २०८२, १० : ३६ मा प्रकाशित

जेनजी प्रदर्शन - जाँचबुझ आयोगले माग्यो क्षतिको विवरण

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित आयोगले आन्दोलनका क्रममा भएको क्षतिको विवरण माग गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको उक्त जाँचबुझ आयोगले आन्दोलनले क्षति पुर्‍याएको भए त्यसको यथार्थ विवरण पेश गर्न सम्बन्धित पक्षहरूलाई आग्रह गरेको हो।

आयोगले काठमाडौंसहित देशका विभिन्न स्थानहरूमा राजनीतिक दल, संघसंस्था वा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण माग गर्दै त्यसका लागि आवश्यक ढाँचा समेत उपलब्ध गराएको छ। सो ढाँचामा सम्बन्धित संघसंस्था, राजनीतिक दल वा व्यक्तिको नाम, ठेगाना, क्षतिको विवरण, अनुमानित लागत, बीमा भएको भए/नभएको र अन्य कैफियत उल्लेख गर्नुपर्नेछ।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञान राज शर्माका अनुसार विवरण इमेल वा हुलाक मार्फत पनि पठाउन सकिने व्यवस्था मिलाइएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको