Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजारमा उच्च मनोवल र संयमित भएर कारोबार गर्नु -एसबान

अर्थ संसार

सोमबार, २७ असोज २०८२, १४ : ५८ मा प्रकाशित

पुँजी बजारमा उच्च मनोवल र संयमित भएर कारोबार गर्नु -एसबान

स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारमा उच्च मनोबल र संमिमित भएर कारोबार गर्न आग्रह गरेको छ । एसबानले आज विज्ञप्ति जारी गर्दै पुँजी बजारका भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको हो । 

पछिल्लो समय अन्यौलतापूर्ण अवस्थामा लगानीकर्ताको मनोवल खस्किरहेको भन्दै अबका दिनमा उच्च मनोवलका साथ सेयर कारोबार गर्न एशोसिएशनका अध्यक्ष सागर ढकालले आग्रह गरेका हुन् । अहिले नेप्से परिसुचक न्यूनतम विन्दुमा झरिसकेको र सरकारलगायत सरोकारवाला निकायले समेत पुँजी बजारको सुधार र विकासका लागि सक्दो प्रयास गरेको भन्दै सोही अनुरुप उच्च मनोबालका साथ कारोबार गर्न ढकालले आग्रह गरेका हुन् ।

‘नयाँ सरकार गठनसँगै पुँजी बजारको सुधार र विकासका लागि पूँजी बजार सुधार सुझाव समिति बनाई पूँजी बजारको सुधार गर्नका लागि आवश्यक सुझावहरु लिई सो अनुसारको आवश्यक कदमहरुलाई तुरुन्त कार्यान्वयनमा लैजान आदेश दिएको र सोही अनुरुप नेपाल राष्ट्र बैंकबाट समेत आवश्यक कार्यान्वयन भइसकेको भने नेपाल धितोपत्र बोर्डबाट समेत आफ्ना काम अघि बढाएको छ,’ उनले भने ।

‘बोर्ड लगायत सरोकारवाला निकायले लगानीकर्ताहरुले माग गरे बमोजिमको तत्कालै आवश्यक सबै सुधारका कार्यहरु अगाडि बढाईसेको छ भने ब्रोकर एशोसिएशनले पनि पुँजी बजार सुधारका लागि सरोकारवाला निकायलाई दिर्घकालिन सुधारका काम गर्न झक्झक्याउँदै आएको छ ।’ आन्दोलनले सरकारी सम्पत्ति र निजी क्षेत्रको व्यक्तिगत जनधन एवं व्यवसायमा क्षति पुर्याएपनि  समग्र देशको अर्थतन्त्रका विभिन्न सूचकांकहरु, बैंक ब्याजदर, बैदेशिक मुद्राको बचतदर तथा मृल्यवृद्धि लगायतका तथ्यांकहरुका साथै वित्तीय तरलता समेत सृदृद्ध हुँदै गएकोले सेयर बजारमा सुधार आउनुको विकल्प नरहेको समेत उनले जानकारी दिए ।

 

68ecc31bd365e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको