विगत २३ औँ दिन देखि आन्दोलनरत नेप्सेका कर्मचारीहरुले प्रमुख कार्यकारी अधिकृत (सीईओ) हराएको सूचना जारी गर्दै विरोध जनाएका छन् । उनीहरुले कार्यालयबाट हुने सेवालाई सुचारु नै राखेर धर्ना तथा विरोध प्रदर्शन कार्यक्रम जारी राखेका हुन् ।
सोही क्रममा उनीहरुले आज सीईओ चुडामणी चापागाईँ हराएको सूचना भनेको प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । उनीहरुले नेप्सेको सुरक्षा गर अध्यक्ष हटाउ जस्ता नारा सहित विरोध गरिरहेका छन् । कर्मचारीहरुले २३ औँ दिन देखि सम्पर्क बिहीन रहेका सीईओको आफूहरुले खोजि गरिरहेको बताएका छन् ।
कर्मचारीहरुले असक्षम झोले सीईओ चुडामणि चापागाईँ राजिनामा दे । असक्षम झोले अध्यक्ष हेमन्त बस्याल राजिनामा देख सहितका ब्यानर टाँगेर विरोध गरिरहेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस