साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.१४ अंकले बढेर २५०५.७२ विन्दुमा पुगेको हो ।
यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.५० अंकले बढेर ४३७.५२ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा ११ कम्पनीको सेयर मूल्य बढेको छ भने १० वटाको मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा २२ कम्पनीका ८०० कित्ता सेयर २२ पटक खरिद बिक्री हुँदा ९ लाख ६७ हजार १११ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस