Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : नेप्से परिसूचक साढे ३ प्रतिशतले घट्यो, कारोबारमा २२ प्रतिशतको गिरावट

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०८२, ०८ : ४६ मा प्रकाशित

साताको सेयर बजार : नेप्से परिसूचक साढे ३ प्रतिशतले घट्यो, कारोबारमा २२ प्रतिशतको गिरावट

यस साता नेप्से परिसूचक साढे ३ प्रतिशत घटेर बन्द भएको छ । गत साता २५८२.१८ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.६८ प्रतिशत अर्थात ९५.०१ अंक घटेर २४८७.१७ विन्दुमा झरेको हो ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ करोबार दिन नेप्से बढेको थियो भने ४ कारोबार दिन घटेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स १६.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ६.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.७४ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ५ अर्ब २२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब २८ करोडको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १७.९५ प्रतिशत घटेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या २१.४८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २२.२५ प्रतिशत घटेको छ । 

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे ३ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब १६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ५८ अर्ब रुपैयाँ घटेर ४१ खर्ब ५७ अर्ब रुपैयाँमा सीमित भएको छ । यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.२४ प्रतिशत घटेको छ । गत साता २३०५.६७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४३.९७ अंक घटेर २१६१.७० विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४००.६९ अंक घटेको छ ।

यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.१५ प्रतिशत घटेको छ। गत साता २०.२८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.०३ अंक घटेर २०.२५ विन्दुमा झरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको