तिहार पछिको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमो नेप्से परिसूचक झिनो अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.४० अंकले घटेर २५०३.४४ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३२ अंकले घटेर ४३७.२८ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य बढेको छ । त्यस्तै यो सेसनमा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा १ करोड माथिको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा २८ कम्पनीका २५ हजार ८१२ कित्ता सेयर ५३ पटक खरिद बिक्री हुँदा १ करोड ३५ लाख ६१ हजार ९९५ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस