Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमै दोहोरो अंकले बढ्यो नेप्से, १ करोड ७७ लाख बढीको कारोबार

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, १० : ५६ मा प्रकाशित

प्रि ओपन सेसनमै दोहोरो अंकले बढ्यो नेप्से, १ करोड ७७ लाख बढीको कारोबार

आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.९७ अंकले बढेर २६१४.१८ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य घटेको छ । आज ५ कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले बढेर ४५५.८५ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा १ करोड ७७ लाख बढीको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा ५९ कम्पनीका ३१ हजार ४९० कित्ता सेयर ९० पटक खरिद बिक्री हूँदा १ करोड ७७ लाख ८७ हजार १७० रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको