साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४७ अंकले घटेर २६२९.६६ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.०१ अंकले घटेर ४५७.२१ विन्दुमा पुगेको छ ।
त्यस्तै आजको प्रि ओपन सेसनमा ३७ कम्पनीका १ हजार ६३० कित्ता सेयर ४५ पटक खरिद बिक्री हुँदा ८ लाख ३७ हजार ७५८ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस