Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, ८ करोड माथिको कारोबार

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, १० : ५५ मा प्रकाशित

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, ८ करोड माथिको कारोबार

साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा ०.८६ अंकले बढेर २६२३.७६ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा १५ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर घटेको छ । उक्त सेसनमा ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंकले बढेर ४५६.५९ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा ८ करोड माथिको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा ४१ कम्पनीका १ लाख ३ हजार ५९० कित्ता सेयर ८४ पटक खरिद बिक्री हुँदा ८ करोड ८६ लाख ५० हजार २१८ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको