मंगलबारको स्पेशल प्रि ओपन सेसनमा माबिलुङ्ग इनर्जी लिमिटेडको पहिलो कारोबार भएको छ । यस दिन सो सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ३१७ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो ।
कम्पनीको सेयर हिजो अर्थात कात्तिक १७ गते नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता सेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा उच्च मूल्यमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस