सिंगटी हाइड्रो इनर्जी लिमिटेड ले लाभांश घोषणा गरेको भोलिपल्ट बजारमा यसको सेयर मूल्यमा गिरावट आएको छ ।
कात्तिक १८ बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेपछि आज कात्तिक १९ कम्पनीको सेयर मूल्य घटेको छ।
आजको कारोबारमा सिंगटी हाइड्रोको सेयर ९ रुपैयाँ ४० पैसा (३.०५ प्रतिशत) ले घट्दै २९८ रुपैयाँ ५० पैसा मा बन्द भएको छ । अघिल्लो कारोबार दिन यस कम्पनीको सेयर मूल्य ३०७ रुपैयाँ ९० पैसा मा बन्द भएको थियो ।
आजको कारोबारमा सिंगटीको सेयर ३१४ रुपैयाँ मा खुला भएको थियो भने, ३१४ रुपैयाँ सम्मकै उच्च र २९७ रुपैयाँ सम्मकै न्यून मूल्यमा कारोबार भएको हो ।
सेयर खरिदकर्तामध्ये ब्रोकर नम्बर ७ ले सबैभन्दा बढी २१ हजार ७४० कित्ता सेयर खरिद गरे भने, त्यसपछि ब्रोकर नम्बर ३९ ले २१ हजार ३८० कित्ता खरिद गरेका छन् ।
त्यस्तै, विक्रेतामध्ये ब्रोकर ५० ले १८ हजार २२० कित्ता र ब्रोकर १६ ले १७ हजार ६०४ कित्ता सेयर बिक्री गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस