Like us!
Follow us!
Connect us!
Watch us!

साताको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५ अर्ब माथि

अर्थ संसार

विहीबार, २० कार्तिक २०८२, १५ : ०५ मा प्रकाशित

साताको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५ अर्ब माथि

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज सेयर बजार ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ७७ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०८ अंकले घटेर ४५१.५२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको सेयर मूल्य मात्रै बढेको छ । 

साताको अन्तिम दिनको कारोबार दिन ५ अर्ब माथिको कारोबार भएको छ । आज ३२० कम्पनीका १ करोड ८ लाख ६८ हजार १४६ कित्ता सेयर ५० हजार ४३७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३५७ रुपैयाँको कारोबार भएको छ । 

आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ भने एक कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको