Like us!
Follow us!
Connect us!
Watch us!

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो बुङ्गल हाइड्रोको कारोबार?

अर्थ संसार

सोमबार, २४ कार्तिक २०८२, ११ : ०५ मा प्रकाशित

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो बुङ्गल हाइड्रोको कारोबार?

सोमबारको स्पेशल प्रि ओपन सेसनमा बुङ्गल हाइड्रो लिमिटेडको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३०२ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो ।

कम्पनीको सेयर हिजो अर्थात आइतबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणमा जारी गरेको २९ लाख ५ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५३ लाख ९५ हजार कित्ता सेयर गरी कुल ८३ लाख कित्ता सेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो । 

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको छ । अब कम्पनीको सेयर नियमित दोस्रो बजारमा कारोबार हुनेछ । नेप्सेले कम्पनीलाई बीयूएनजीएएल स्टक टिकर प्रदान गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको