Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम साढे ३ अर्बमा सिमित

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, १५ : ०४ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम साढे ३ अर्बमा सिमित

साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार सामान्य सुधार आएको छ । मंगलबार सेयर बजार ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १४२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १०२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१९ अंकले घटेर ४४४.३७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ । 

परिसूचक बढे पनि कारोबार रकम भने साढे ३ अर्बभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२७ कम्पनीका ७९ लाख ४७ हजार ५८ कित्ता सेयर ५५ हजार ६३२ पटक खरिद बिक्री गर्दा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार ११० रुपैयाँको कारोबार भएको छ । 
आज सेयर बजारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको