साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३१ अंकले बढेर २५४३.८८ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आजको उक्त सेसनमा १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्सन पनि ०.२५ अंकले बढेर ४३९.६९ विन्दुमा पुगेको हो । आजको प्रि ओपन सेसनमा ३५ कम्पनीका ४ हजार ६५६ कित्ता सेयर १०६ पटक खरिद बिक्री हुँदा २५ लाख ५ हजार ६४६ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस