Like us!
Follow us!
Connect us!
Watch us!

साढे ९ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ३ अर्ब ९४ करोड

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १५ : ०७ मा प्रकाशित

साढे ९ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ३ अर्ब ९४ करोड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७८ अकंले बढेर २५५०.३६ बिन्दुमा बन्द भएको छ । आज ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोडको सेयर कारोबार भएको हो ।

आज ११ उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.५० प्रतिशत र हाइड्रोपावर समूहको १.०८ प्रतिशतले सेयर मूल्य बढेको छ । सोमबार १६७ कम्पनीको सेयर मूल्य बढेको छ भने ७६ कम्पनीको घटेको छ । आज १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै साहस ऊर्जाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोडको सेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १६ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बन्दीपुर केबलकारका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सागर डिष्टिलरीका लगानीकर्ता, बुङगल हाइड्रोका लगानीकर्ता र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको