Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी प्रदर्शनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने सरकारको निर्णय

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, १० : ५२ मा प्रकाशित

जेनजी प्रदर्शनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने सरकारको निर्णय

सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका २ हजार ४२९ जनालाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ तत्काल राहत प्रदान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले उक्त जानकारी दिएका हुन्।

मन्त्रिपरिषद्ले माथिल्लो मुस्ताङ क्षेत्रतर्फ विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति ५० अमेरिकी डलर (वा सो बराबरको विदेशी मुद्रा) कायम गर्ने गरी अध्यागमन नियमावली, २०५१ को अनुसूची–१२ संशोधन गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने करिब २.१ मिलियन अमेरिकी डलर थप अनुदान स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनःसंरचना सम्बन्धी अध्ययन गरी सुझाव पेश गर्न प्रकाशजङ केसी (काठमाडौं) को संयोजकत्वमा ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेड पुनःसंरचनासम्बन्धी सुझाव समिति–२०८२’ गठन गर्ने निर्णय गरिएको मन्त्री खरेलले बताए।

यसबाहेक सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधनका लागि तयार भएको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ। साथै सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठ (नवलपरासी) लाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको