बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.८४ अंकले बढेर २५७०.९२ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ । आज एउटा कम्पनीको सेयर मूल्य भेन स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.२२ अंकले बढेर ४४३.७५ विन्दुमा पुगेको छ ।
आजको उक्त सेसनमा २ करोड माथिको कारोबार भएको छ । आज ५४ कम्पनीका ६२ हजार ९९१ कित्ता सेयर ९८ पटक खरिद बिक्री हुँदा २ करोड ३९ लाख ८९ हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस