साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजार परिसूचक घटेर कारोबार बन्द भएको छ । अघिल्ला दुई दिन बढेको सेयर बजार आज ४.९८ अंकले घटेर कारोबार बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २५६१.०८ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १७० कम्पनीको सेयर मूल्य घटेको छ । ७७ कम्पनीको सेयर मूल्य भने आज बढेको छ । त्यस्तै आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२६ अंकले घटेर ४४२.२६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकम पनि ३ अर्बमा सिमित रहेको छ । आज सेयर बजारमा ३३८ कम्पनीका ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर ५० हजार ६२६ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१रुपैयाँको कारोबार भएको छ । आज परिसूचक घटे पनि ८ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस