Like us!
Follow us!
Connect us!
Watch us!

साताको अन्तिम दिन झिनो अंकले घटेर बन्द भयो सेयर बजार, कारोबार साढे ४ अर्ब माथि

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, १५ : ०७ मा प्रकाशित

साताको अन्तिम दिन झिनो अंकले घटेर बन्द भयो सेयर बजार, कारोबार साढे ४ अर्ब माथि

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६१ अंकले घटेर ४४०.६५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेर कारोबार भएको छ । 

पसिूचक घटेको दिन कारोबार रकममा भने केही सुधार भएको छ । अघिल्लो दिन ३ अर्बमा सिमित रहेको कारोबार आज भने साढे ४ अर्ब भन्दा माथि पुगेको छ । आज सेयर बजारमा ३२८ कम्पनीका १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर ६६ हजार ७९ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँको कारोबार भएको छ । 

आज सेयर बजारमा ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज साहस उर्जाको सबै भन्दा बढीको कारोबार भएको छ । यो कम्पनीको ४१ करोड ८० लाख ८३ हजार ४८ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको