साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.०५ अंकले बढेर २५६२.३४ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.६६ अंक बढेको छ । आइतबार प्रि ओपन सेसनमा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेर कारोबार भएको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ । यो सेसनमा ५२ कम्पनीका ५० हजार ९११ कित्ता सेयर ११८ पटकको कारोबारमा २ करोड ५६ लाख ४१ हजार ९११ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस