साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्स परिसूचक झिनो अंकले बढेर कारोबार भएको छ । आजो प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.९७ अंकले बढेर २६०१.२० विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ वटा कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ ।
त्यस्तै आजको प्रिओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१६ अंकले बढेर ४४८.४५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २ करोड माथिको कारोबार भएको छ । यो सेसनमा ६२ कम्पनीका ४४ हजार ८६१ कित्ता सेयर १६४ पटक खरिद बिक्री हुँदा २ करोड ८ लाख ६५ हजार ६२३ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस