Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएल सिजन २ः काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०८२, ०७ : ३० मा प्रकाशित

एनपीएल सिजन २ः काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को ११ औँ खेलमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । यी दुई टोलीबीच त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा साँझ ४ बजे खेल सुरु हुनेछ । 

करण केसीको कप्तानीमा रहेको काठमाण्डू र रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स दुबैको समान २–२ अंक छ । लुम्बिनी लायन्सले २ खेलमा १ खेल जिते र एक खेलमा पराजय भोगेको छ । काठमाण्डू गोर्खाज ३ खेल खेलिसकेको छ । जसमा एकमा जित र दुई हारको सामना गरेको छ । आज काठमाण्डूको चौथो खेल हो भने लुम्बिनीको तेस्रो खेल हो ।

साविक विजेता जनकपुर बोल्ट्सलाई उद्घाटन खेलमा पराजित गरेको काठमाण्डूले त्यसपछिका दुबै खेलमा हार व्यहोरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको